नेपालमा किन टिक्दैनन् मुख्य प्रशिक्षक ?

नेपाली राष्ट्रिय क्रिकेट टोलीले फेरी एक पटक विदेशी प्रशिक्षक पाउने पक्कापक्की जस्तै भएको छ । पाँच महिनासम्म मुख्य प्रशिक्षकविहीन रहेको क्रिकेट टोलीले मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक मोन्टी देशाईलाई पाउने पक्कापककी भएको हो । यद्यपि, नेपाल क्रिकेट एशोसिएशन, क्यानले भने आधिकारिक रुपमा मुख्य प्रशिक्षक नियुक्तिको जानकारी गराएको छैन ।

नेपाली क्रिकेटलाई सुधार्न र माथिल्लो श्रेणीमा उकाल्न पटक पटक प्रशिक्षकहरु ल्याइने गरे पनि यसको स्थिरतामा भने प्रश्न उठ्न थालेका छन् । किन नियुक्त प्रशिक्षकहरु लामो समय नेपाललाई नै कार्यथलो बनाएर रहन सक्दैनन् । यसमा कसको कमजोरी छ ? को दोषी छ त ? भन्ने प्रश्न पनि उठ्ने गरेको छ । आशा गरौं नवनियुक्त प्रशिक्षकले पनि बीचमै राजिनामा दिने नियती नबनोस् ।

देशाई अघिका मुख्य प्रशिक्षक पुबुदु दशानायके ९ महिनापनि पदमा टिकेका थिएनन् । पुबुदु दशानायके पछिल्लो तीन वर्षमा राजीनामा दिने तेस्रो विदेशी प्रशिक्षक हुन् । पुबुदु २०७८ मंसिरमा दोस्रो पटक नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । उनले आफ्नो पहिलो कार्यकालमा झण्डै ५ वर्ष काम गरेका थिए । उनी भन्दा अगाडीका मुख्य प्रशिक्षक पटवालले पनि ८ महिनामै राजीनामा दिएका थिए ।

राष्ट्रिय क्रिकेट टोलीको प्रदर्शन लगातार खस्किँदै गएका कारण दशानायकेले राजीनामा दिएको कतिपयको भनाइ छ। तर उनले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका थिए ।

दोस्रो कार्यकालको आठ महिना बीचमा दशानायकेको नेतृत्वमा नेपालले १४ एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेलेकोमा ९ मा हार र ४ मा मात्र जित हासिल गरेको थियो। एक खेल बराबरीमा टुङ्गिएको थियो। त्यस्तै टी-२० क्रिकेटमा भने १३ खेल खेल्दा १० मा जित र ३ मा हार बेहोरेको थियो। नेपाली टोलीको ब्याटिङ एकपछि अर्को खेलमा खस्किएको देखिएको थियो। स्कटल्यान्डमा खेलिएको चारमध्ये तीन खेलमा नेपाल नराम्ररी पराजित हुन पुगेको थियो। नामिबियासँग दुई खेल हार्दा नेपाल सात राष्ट्र बीचको प्रतिस्पर्धामा छैटौँ स्थानमा झरेको थियो।

किन टिक्दैनन् त क्रिकेटका मुख्य प्रशिक्षक ?

नेपालमा नियुक्त हुने मुख्य प्रशिक्षकले प्रफोमेन्स बेस्ट हिसाबले आफूलाई अगाडी सार्ने गरेका हुन्छन् । उनीहरुले टिमको विकाशसँगै आफू र आफ्नो करियरका लागि अवसरहरु पनि खोजीरहेका हुन्छन् । यसबाहेका क्यानले मुख्य प्रशिक्षकलाई दिने सेवा सुविधाले पनि धेर थोर असर पार्ने गर्दछ ।

त्यस्तै, टिमले पनि मुख्य प्रशिक्षकहरुले कस्तो काम गर्छन् भन्ने निर्धारण गर्ने क्रिकेटका विश्लेशकहरु बताउछन् । कहिलेकाही टिममा देखिने समस्याले पनि ठूलो रुप लिने गर्छ । उदाहरणका लागि ज्ञानेन्द्र मल्ललाई अनुशासनको कारबाही गर्दै क्यानले कप्तानबाट हटाएको थियो र सन्दीप लामिछानेलाई नयाँ कप्तान चयन गरेको थियो । क्यानको उक्त कदमको निकै विरोध भएको थियो । खेलाडीहरुबीच चरम गुटबन्दी रहेकाले स्ट्रेन्थकासाथ खेलखेल्न नसकेको भन्दै आलोचना भएको थियो। चरम गुटबन्दी रहेको अवस्थामा टिमलाई राम्ररी बुझी नसकेका प्रशिक्षकले टिमलाई बेटर प्रफमेन्स गराउन नसक्ने पनि खेल विश्लेषकहरू बताउँछन् ।

नेपाली क्रिकेट टिमलाई आफूले प्रशिक्षण दिएर आफ्नो कार्यकालमा उचाइमा पुग्दा प्रशिक्षकहरुको आफ्नो करिअरलाई धेरै सहयोग पुग्ने भएकाले पनि नेपालमा धेरै विदेशी प्रशिक्षकहरु आउने गरेको हामीले देख्दै आएका नै छौं । तर नेपाल आएपछि उनीहरुको त्यो सपनामा यसरी टुसारापात हुन्छ कि उनीहरु बीचमै राजिनामा दिएर जाने गर्दछन् ।

प्रशिक्षकहरुले राजिनामा दिनुमा धेरै फ्याक्टरहरु रहेका हुन्छन् । व्यवस्थापन पक्ष निकै कमजोर हुनाले पनि नेपाली क्रिकेट जगतमा प्रशिक्षकहरु टिक्दैनन् । यसका साथै अन्तरिक राजनीतिका कारण पनि प्रशिक्षकहरु खिचातानीमा पर्ने गरेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विनोद दास प्रशिक्षकहरु नटिक्ने त्यस्तो कुनै कारण नभएको बताउछन् ।
उहाँहरु काम गर्नका लागि आउनुहुन्छ । २ जना प्रशिक्षकभन्दा अरुले बीचमै राजिनामा दिएका छैनन् । उनीहरुले पनि आफ्नो पारिवारिक कारणले आफूले राजिनामा दिएको बताएका छन् । त्यसैले टिक्ने नटिक्ने भन्दा पनि वातावरण कस्तो हुन्छ भन्ने कुरा हो । क्यान अथवा खेलाडीहरुमाकेही समस्या भएको भए राजिनामादिएका प्रशिक्षकहरु पनि पुनस् प्रशिक्षकको लागि आवेदनदिएका छन् । यता राम्रो नभएको भए किनपुनस् आवेदन भर्नुहुन्थ्यो होला र ?’ पूर्वकप्तान दासले भने ।

क्रिकेटर विनोद दास कांग्रेस घोषणापत्र तयारी समितिमा « News of Nepal

हाल नेपालको घरेलु क्रिकेटको संरचना लगभग शून्यतय रहेको छ । खेलाडीहरुलाई अभ्यास गर्न त परै जाओस मैदान र भौतिक पूर्वाधारको कमजोरीका कारण नेपालमा हाल भएको एक मात्रै टियू क्रिकेट मैदानको अवस्था पनि दयनिय रहेको छ ।

देशमा रहेको अर्को मुलपानि रंगशाला पनि अझै पूर्ण रुपले सञ्चालनमा आएको छैन । नेपाली क्रिकेटरहरुलाई अभ्यास गराउन नत पर्याप्त मैदान पनि नेपालसँग छैन । प्रत्यक ५ वर्षमा बन्ने सरकारले खेलकुदलाई प्राथमिक्तामा राख्ने गरेका भएपनि उनीहरुको यो एजेण्डा घोषणपत्रमै सिमित हुने गर्दछ ।

मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचन पछि बनेको सरकारले अन्य २३ मन्त्रालयलाई मन्त्री दिएको भएपनि उनीहरुको भागबण्डा नमिल्दा हाल खेलकुद मन्त्रालय र वन मन्त्रालय मन्त्री विहिन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?