काठमाडौं । वसन्त पञ्चमीअन्तर्गत आज काठमाडौंको हनुमान ढोकास्थित नासल चोकमा वसन्त श्रवण हुँदैछ ।
वसन्त श्रवणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम रहेको छ । वसन्त श्रवणको समय बिहान १०ः४७ बजे रहेको छ ।
वसन्त श्रवणमा कवि जयदेवले रचना गरेको सरस्वतीसम्बन्धी श्लोक पाठ गर्ने परम्परा छ । उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मठ,मन्दिरमा पूजाआजा
गर्न भक्तजन, विद्यार्थीको घुइँचो लाग्ने गर्छ ।
आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा
आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा देशभर विद्याकी देवी सरस्वरीको पूजाआज गरी मनाइन्छ ।
वसन्त ऋतु शुरु भएसँगै यस पर्व आउने भएकाले वसन्त पञ्चमीको नामले समेत आजको दिनलाई पुकार्ने गरिन्छ । आज सरस्वतीको पूजा गर्दा बुद्धि, विवेक बढ्ने विश्वास छ । आज देशभरका सरस्वती मन्दिरमा श्रद्धालुको भीड लाग्ने गरेको छ ।
विद्यालय पठाउने उमेर पुगेका बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजको दिनदेखि विद्यालय पठाउँदा ज्ञान र बुद्धि धेरै हुने जनविश्वास रही आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया