ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

लोकपथ
39
Shares

कास्की । पोखरामा आज ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३३ चवादीस्थित भित्री कच्ची सडकमा चौगादीबाट सुरौदीतर्फ जाँदै गरेको ग १ त ६६६४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सोही ठाउँका ६३ वर्षीय नलप्रसाद लामिछानेको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

ट्रयाक्टर आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा ट्रयाक्टरको पछाडिको भागले लामिछानेलाई च्यापेको प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिए ।

दुर्घटनालगत्तै घटनास्थलमा पुगेको प्रहरीले लामिछानेलाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिम क्षेत्रीय अस्पताल पठाएको थियो । उपचारको क्रममा चिकित्सकले लामिछानेलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनालगत्तै ट्रयाक्टर चालक र ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?