सुदूरपश्चिमकी उपसभामुख चौधरीद्वारा पार्टीबाट राजीनामा

लोकपथ
117
Shares

अत्तरिया । सुदूरपश्चिम प्रदेशकी उपसभामुख कोइलीदेवी चौधरीले नेकपा (एमाले) बाट राजीनामा दिएकी छन् । उनले एक प्रेस विज्ञप्ति जारी गर्दै उपसभामुख पदमा रहँदासम्मको लागि आफू आबद्ध पार्टी एमालेका सम्पूर्ण राजनीतिक र सांगठनिक जिम्मेवारीबाट अलग भएको जनाएको छ ।

विज्ञप्तिमा उपसभामुख पदमा आफ्नो भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीबाट राजीनामा दिएको उल्लेख छ । उपसभामुख चौधरी माघ ४ गते उपसभामुख पदको शपथ ग्रहण गरेकी थिइन् ।

सत्ता साझेदार दल एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उपसभामुखमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?