काठमाडौं । मंगलबार नयाँ बानेश्वरमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको शव आफन्तले जिम्मा लिएका छन् ।
आफ्नै ज्यानमा आगो लगाएका उनको उपचारको क्रममा बुधबार बिहान कीर्तिपुर अस्पतालमा निधन भएको थियो । सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै आफन्तहरुले शव बुझ्न मानेका थिएनन् । तर उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने अस्पताल पुगेर आफन्त भेटेपछि परिवारले उनको शव बुझेका हुन् ।
अहिले उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।
सामाजिक सञ्जालमा लामो स्टयाटस लेख्दै आचार्यले मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन अघि आत्मदाह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया