बाल यौन दुरुपयोग मुद्दामा मनोज पाण्डे दोषी ठहर

लोकपथ
0
Shares

काठमाडौं । बाल यौन दुरुपयोग र मानव वेचबिखनको मुद्दामा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे दोषी ठहर भएका छन् । मंगलबार काठमाडौैं जिल्ला अदालतले पाण्डेलाई दोषी ठहर गरेको हो ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार मंगलबार न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई दोषी ठहर गरेको हो । प्रहरीले पाण्डेविरुद्ध बाल यौन दुरुपयोग र मानव वेचबिखनको छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो ।

जसमध्ये बाल यौन दुरुपयोगमा पाण्डेलाई ६ महिनाको कैद, पाँच हजार रुपैयाँ जरिवाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ । त्यसैगरी मानव वेचबिखनको मुद्दामासमेत पाण्डे दोषी ठहर भएका छन् । दोषी ठहर भएपनि सजाय निर्धारणका लागि भने माघ २३ गतेको पेशी तोकिएको छ ।

मुलुकी फौजदारी कार्याविधि संहिताअनुसार तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा सजाय निर्धारणका लागि छुट्टै पेशी तोक्ने व्यवस्था छ । सोही अनुसार पाण्डेलाई मानव वेचबिखनको मुद्दामा सजाय निर्धारका लागि माघ २३ को पेशी तोकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?