बाजुरा भूकम्प : एक जनाको मृत्यु, ३० घरमा क्षति

लोकपथ
234
Shares

बाजुरा । मंगलबार दिउँसो बाजुरामा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको गौमुल गाउँपालिका वडा नं २ की जमुना बोहरा रहेकी छिन् ।

उनी घाँस काट्न गएको सोही क्रममा भूकम्पले हल्लाउँदा खसेको ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख पुष्कर खड्काले लोकपथलाई जानकारी दिए ।

‘अहिलेसम्म गौमुल गाउँपालिका–२ की जमुना बोहराको मृत्यु भएको भन्ने खबर प्राप्त भएको छ ।’ उनले भने ।

त्यसैगरी जिल्लाभर पूर्ण र आंशिक गरी ३० वटा घरमा क्षती पुगेको छ । त्यसैगरी भूकम्पपछि गएको पहिरोमा परि ५० वटा भेडा पुरिएको छ ।

धेरै क्षति भएको र मानवीय क्षति भएको ठाउँमा उद्दारका लागि प्रहरीलाई पठाउने काम भइरहेको उनले बताए ।

भौगोलिक विकटताका कारण भोलिसम्म त्यहाँ प्रहरी पुग्ने र उद्दारको काम हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?