कस्तो छ नयाँ बानेश्वरमा आफैँलाई आगो लगाउने युवकको अवस्था ?

लोकपथ
572
Shares

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफ्नै ज्यानमा आगो लगाउने ३६ वर्षीय प्रेम आचार्यको शरिरको ८० प्रतिशत भाग जलेको छ ।

मंगलबार दिउँसो आफ्नै ज्यानमा आगो लगाएका इलाम पञ्चकन्याका आचार्यलाई प्रहरीले उद्दार गरी कीर्तिपुर अस्पताल पुर्याएको थियो ।

अहिले उनको ड्रेसिङ गरिएको र थप उपचार भइरहेको कीर्तिपुर अस्पताल प्रशासनले लोकपथलाई जानकारी दिएको छ ।

‘उहाँको शरिरको ८०–९० प्रतिशत भाग जलेको अवस्था छ । अहिले उहाँको ड्रेसिङ गरि थप उपचार भइरहेको छ ।’ अस्पताल प्रशासन भन्यो ।

उनलाई अहिले आईसीयूमा राखि थप उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?