काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि एक युवाले आफैँमाथि लगाएर आत्मदाहको प्रयास गरेका छन् ।
मंगलबार दिउँसो इलाम पञ्चकन्याका ३६ वर्षीय प्रेम आचार्यले आफैँमाथि आगो लगाएका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैलानीले लोकपथलाई दिएको जानकारी अनुसार आचार्यलाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको छ ।
‘खबर पाउनासाथ प्रहरी घटनास्थल पुगेको थियो । उनलाई थप उपचारको लागि कीर्तिपुर अस्पताल लगिएको छ ।’ मैनालीले भने ।
केही दिनअघि सुन्धारास्थित सिभिल मलमा पनि एक युवकले आफैँमाथि आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया