स्याङ्जा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदुवाको बिउ खरिदमा भ्रष्टाचार भएको भन्दै स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्व मेयरसहित ६ जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा परेको छ ।
अख्तियारले गल्याङ नगरपालिकाका तत्कालीन नगर प्रमुख भुपराज अधिकारीले दररेट निर्धारण समितिले अदुवाको बीउको दररेट तय गर्ने गरी गरेको सिफारीसमा मनासिव कारण बिना नै अस्वभाविकरुपमा दररेट थप गरी अदुवाको बीउको खरिद गरेको भन्दै मुद्दा दायर गरेको हो ।
अदुवाको बिउ खरिदका क्रममा तत्कालिन मेयर अधिकारीले नगरपालिकालाई १३ लाख व्यायभार परेको भन्दै सोही अनुसार बिगो दाबी र कानुनी कारबाही गर्न मग गरिएको छ ।
महंगो मूल्यमा गुणस्तरहीन अदुवाको बीऊ खरिद गरेको आरोपमा अख्तियारले पूर्वमेयर अधिकारी, प्रमुख प्रशासकीय अधिकृत ईश्वरप्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्दमणि त्रिपाठी, तत्कालिन लेखापाल राजेन्द्र रेग्मी, खरिदार सन्तोष कोइराला र बीऊ आपूर्तिकर्ता कम्पनीका प्रतिनिधिमाथि भ्रष्ट्राचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।
नगरपालिकाले काठमाडौं तीनकुनेको स्पुक ट्रेडर्स प्रालिबाट अदुवाको बीऊ खरिद गरेको थियो । २ करोड १४ लाख ५० हजार रुपैयाँ बजेट रहेको उक्त अदुवाको बिउ खरिदका लागि ३ लाख ७९ हजार ५०१ रुपैयाँ अग्रिम करकट्टी गरिएको थियो भने बाँकी रहेको २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ स्पुक ट्रेडर्स प्रालिलाई भुक्तानी गरिएको आख्तियारले जनाएको छ ।
खरिदकम्पनी स्पुकलाई भुक्तानी गरेको रकममध्ये १३ लाख रुपैयाँ तत्कालिन नगर प्रमुख भुपराज अधिकारीले अस्वभाविक रुपमा दररेट थप गरेर नोक्सान पारेको आरोप रहेको छ । भने अधिकारीलाई १३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप रहेको छ ।
प्रवक्ता भण्डारीका अनुसार बाँकी १ करोड ९७ लाख ७० हजार ४९९ रुपैयाँ भ्रष्टाचारमा मेयर अधिकारी, प्रमुख प्रशासकीय अधिकृत पाण्डे, बाली विकास अधिकृत त्रिपाठी, लेखापाल रेग्मी र खरिदार कोइरालालाई रहेका छन् ।
त्यस्तै अख्यिारले २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ बिगो माग दाबीसहित स्पुक ट्रेडर्स प्रालि तिनकुनेका प्रतिनिधि शिव प्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया