निर्मला कुर्मीको न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन, रुबी खानसहित अधिकारकर्मी पक्राउ

लोकपथ
49
Shares

काठमाडौं । प्रहरीले रबी खानसहितका मानव अधिकारकर्मीहरुलाई पक्राउ गरेको छ ।

बाँकेकी निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनमा रहेका रुबी खानसहितका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।

सोमबार दिउँसो माइतीघरबाट र्‍यालीसहित बबरमहलतर्फ अघि बढिरहेको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

अधिकारकर्मी खानको नेतृत्वमा उनीहरुले निर्मलालाई बेपत्ता पारेको घटनाको अनुसन्धान गर्न र आरोपित बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै आइरहेको छन् ।

आजको प्रदर्शनमा महिला अधिकार मञ्च बाँके, वृहत् नागरिक आन्दोलन लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?