समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बन्दै

काठमाडौं । काठमाडौं वडा नंं १६ मा सोमबार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान अन्तर्गतको जनचेतना मूलक याली सम्पन्न भएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतना मूलक र्यालीमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अशोक सिंहको प्रमुख आथित्यतामा वडा १६ स्थित स्थानिय, सामाजिक संस्था, विद्यालय तथा कलेजका विद्यार्थी र नेपाल प्रहरीको उपस्थिती रहेको थियो ।

एसपी अशोक सिंहले लैङ्गिक हिंसा विरुद्ध सामूदायिक तवरबाट सचेतना विकास शुरु भइसकेकोले यस किसिमको सामाजिक जटिलता न्यूनिकरणमा सहज भएको कार्यक्रममा बताए । 

कार्यक्रमलाई समुदाय–प्रहरी साझेदारी वडा कमिटी १६, महानगरीय प्रहरी वृत्त लैनचौर, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र ठमेलले सहकार्य गरेका थिए ।

हर प्रहर, हर गाउँ र नगरी ! टोल टोलमा नेपाल प्रहरी !! भन्ने मूल नाराका साथ प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले सार्वजनिक गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?