राजदूत शेर्पा काठमाडौंमा, परराष्ट्र मन्त्रालयले लियो स्पष्टीकरण

काठमाडौं । मानव तस्वरीको आरोप लागेकी अस्ट्रलियाका लागि नेपाली राजदूत लक्की शेर्पा काठमाडौं आइपुगेकी छिन् । 

सरकारले काठमाडौं झिकाएको शेर्पाले अभियोगबारे आइतबार नै परराष्ट्र मन्त्रालयमा स्पष्टीकरण दिएकी थिइन् । 

उनको सवारी चालक वाङ्छु शेर्पाले लक्कीमाथि मानव तस्करी तथा श्रम शोषणको आरोप लगाएको थियो । 

चालक वाङ्छुले लक्कीमाथि मानव तस्करीको आरोप लगाएपछि परारष्ट्र मन्त्रालयले यस विषयमा चासो देखिएको थियो । 

परराष्ट्रले आरोपबारे उनीसँग स्पष्टीकरण नै मागेको थियो । तर, शेर्पाले दिएको लिखित स्पष्टीकरण चित्तबुझ्दो नभएपछि परराष्ट्रले उनलाई काठमाडौं नै झिकाएको हो ।

आइतबार बिहान नेपाल आइपुगेकी शेर्पाको बारेमा मन्त्रालयद्वारा गठित ३ सदस्यीय समितिले छानबिन थालेको परराष्ट्र मन्त्रालयले जनाएको छ । तर, स्पष्टीकरणका क्रममा राजदूत शेर्पाले के भनिन् भन्ने विषयका बारेमा परराष्ट्रले खुलाएको छैन ।

वाङ्छुले राजदूत शेर्पा र उनका श्रीमान् न्वाङ्ग सोनाम शेर्पा मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका थिए ।

राजदूत शेर्पाका श्रीमान्ले आफूसँग करिब ३३ लाख रुपैयाँ लिएर अस्ट्रेलिया ल्याएको वाङ्छुले आरोप लगाएका हुन् । साथै अरु केही मानिसहरुलाई अस्ट्रेलिया ल्याउन पहल गर्ने भन्दै रकम उठाउन परिचालन गरेको आरोप समेत राजदूतका सवारी चालक वाङ्छुले लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?