काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नुहुँदैन भन्ने व्यक्तिनै भ्रष्टाचार गरिरहेकोे बताएका छन् ।
भ्रष्टाचारविरुद्ध दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
उनले कार्यक्रममा बोल्दै भने, ‘अचम्मको कुरो त के छ भने भ्रष्टाचार हुनुपर्छ कसैले भन्दैन तर , भ्रष्टाचार भने गर्दाे रहेछ, मैले भ्रष्टाचार गर्छु भन्ने मान्छे भेटेको छैन तर, भइरहेको छ । भनेपछि यो कति डरलाग्दो छ ?’
उनले थप्दै भने, ‘सानोतिनो भ्रष्टाचार देखिन्छ । तर, ठूलाठूला भ्रष्टाचार देखिदैनन् ।’
मान्छेले आफ्नो बुद्धिलाई गलत ठाउँमा प्रयोग गर्दा भ्रष्टाचार भएको बताउँदै उनले भने, ‘सानो डण्डिफोर देखिन्छ तर, ठूलो देखिदैन ।’
‘म भ्रष्टाचार गर्दिन भन्ने’ नारा सतप्रतिशत कार्यान्वयन भएको दाबी गर्दै प्रधानमन्त्री ओलीले ‘म गर्न दिन्न’ भन्ने कार्यान्वयनमा ल्याउने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया