नेकपा सचिवालय बैठक मंसिर २९ गते बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक यही मंसिर अन्तिम साता बस्ने भएको छ । 

पार्टी केन्द्रीय कार्यालय धुबाराहीमा यही मंसिर २९ गते शनिवार दिउँसो १ बजे स्थायी कमिटीको बैठक बस्न लागेको हो । 

शनिवार नेकपाका चार नेताले सचिवालय बैठक बहिस्कार गरेका थिए । 

शनिवार अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सचिवालय बैठक वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले तोकिएको समयमा बैठब शुरु नभएपछि बैठकबाट बाहिरिएका थिए । 

उनीहरु बैठकबाट बाहिरिएपछि बसेको सचिवालय बैठकले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाउने निणर्य गरेको थियो । 

नेकपाको स्थायी कमिटीमा ४५ सदस्यीय छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?