काठमाडौं । अन्तरप्रदेश परिषद् बैठक आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्दै छ ।
प्रधानमन्त्री केपी शर्मा आलीको आह्वानमा आइतवार बिहान ११ बजे अन्तरप्रदेश परिषद् बैठक बस्न लागेको हो ।
बैठकमा कानून निर्माण, कर्मचारी समायोजन लगायतका साझा समस्याहरुका बारेमा छलफल हुने प्रधानमन्त्री ओलीका प्रेश सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए ।
यसैगरी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका अनुसार सुरक्षा, प्रहरी प्रशासन लगायतका साझा एजेण्डाहरुले बैठकमा प्रवेश पाउने छन् ।
बैठकमा सहभागी हुने सातवटै प्रदेशका मुख्यमन्त्रीहरु काठमाडौं आइपुगेका छन् भने गृह र अर्थलगायतका वरिष्ठ मन्त्रीहरु समेतको उपस्थिति हुनेछ ।
यसैगरी सातवटै मुख्यमन्त्रीहरुले आ–आफ्ना प्रदेशमा भएका कामबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउने कार्यक्रम तय भएको छ ।
त्यसलगत्तै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने छन् ।
त्यस्तै संविधानको भाग २० ले संघ, प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध विषयमा उल्लेख गरीएको छ । सोही भागको धारा २३४ मा अन्तर प्रदेश परिषदको प्रस्ताव गरिएको छ ।
संविधानको धारा २३४ मा भनिएको छ, ‘संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्न देहाय बमोजिमको एक अन्तर प्रदेश परिषद रहनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया