संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यसमितिको बैठक शुरु

काठमाडौं । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यसमितको बैठक शनिवार (आज)बाट  भएका छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई समर्थन गर्दै सरकारमा गएपछि फोरमको यो पहिलो केन्द्रीय समितिको बैठक हो । 

गत विहीवार बसेको पार्टीको राजनैतिक समितिको बैटकले केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको थियो । सो निर्णय सँगै आज केन्द्रीय समितिको बैठक बसेको हो । 

बैठकमा पार्टीको महाधिवेशनको मिति तय गर्ने र सरकारको समीक्षा गर्नुका साथै प्रदेश कमिटीहरू गठन, सदस्यता नवीकरण सम्बन्धि नयाँ कार्यविधि तय गर्ने पनि बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?