राष्ट्रपति भण्डारी आज लुम्बिनी आउँदै

बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी आउने भएकी छिन् । 

लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औँ स्थापना दिवसका अवसरमा आयोजना हुने विशेष समारोहका सहभागी हुने राष्ट्रपति भण्डारी आज (शनिवार) लुम्बिनी आउने भएकी हुन् । 

विश्वविद्यालयका निमित्त उपकुलपति तथा रजिष्ट्रार तिलक आचार्यका अनुसार स्थापना दिवसका अवसरमा उक्त विश्वविद्यालयको नवनिर्मित सात वटा भवन पनि उद्घाटन गरिने कार्यक्रम रहेको छ । 

त्यस्तै विश्वविद्यालयले लुम्बिनी विकास कोष क्षेत्र परिसरभित्र चार र लुम्बिनी नजिकै खडैयामा तीन भवन निर्माण गरेको छ । 

यसैगरी बौद्धधर्मको प्रचारप्रसारमा उल्लेखनीय योगदान पु-याउनुहुने नेपालका ख्यातीप्राप्त बौद्धधर्मका ज्ञाता र विश्वविद्यालयका पूर्वउपकुलपतिका साथै पूर्व रजिष्ट्रारलाई समेत गर्ने कार्यक्रम रहेको निमित्त उपकुलपति आचार्यले जानकारी दिए । 

उक्त समारोहमा प्रदेश नं ५ का प्रमुख उमाकान्त झा, सङघीय सरकारका शिक्षामन्त्री गिरीराजमणि पोखरेल, संस्कृतिमन्त्री रवीन्द्र अधिकारीलगायतको सहभागिता रहने जनाइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?