सर्वसाधारणलाई गृहमन्त्रालय प्रवेशमा कडाइ

काठमाडौं । सर्वसाधारणलाई गृहमन्त्रालय प्रवेशमा कडाइ गरिएको छ ।  

गत मंसिर ५ गते गृहमन्त्री रामबहादुर थापा ‘बादल’ कै अगाडी पूर्वलडाकु कालिकोटका कुलप्रसाद भट्टराईले विष सेवनको प्रयास गरेपछि गृहमन्त्रालय प्रवेशमा सर्वसाधारमणलाई कडाइ गरिएको हो । 

पूर्वलडाकु भट्टराईले गृहमन्त्री बादलकै अगाडी विष सेवन गर्न नपाए पछि उनले कार्यकक्षमा छिर्नु अघिनै विष सेवन गरिसकेको खुलेको थियो । उनलाई नेपाल प्रहरी अस्पतालमा उपचारका लागि लागिएको थियो । हाल उनिडिस्चार्ड भइसकेका छन् । 

स्रोतका अनुसार सो घटनापछि गृहमन्त्रालयमा रहेका सुरक्षा निकायका अधिकारीहरुलाई सर्वसाधारणलाई प्रदेशमा कडाइ गर्न निर्देशन दिइएको छ । 

अहिले सिंहदरबार छिर्नुअघि पास देखाउनु पर्ने र गृहको गेटमा पुगे पछि पुनः परिचय पत्र देखाउनु पर्ने व्यवस्था छ । 

त्यसपछि भेट्नु पर्ने व्यक्तिसँग फोन गरेपछि मात्रै भित्र जाने अनुमति दिइन्छ । भित्र विद्युतीय सुरक्षा बारबाट कटिसकेपछि व्यक्तिगत विवरणको रेकर्ड राखिन्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?