काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली सरकार पूर्णरुपमा असफल भएको बताएका छन् ।
शुक्रवार काठमाडौं क्षेत्र नं. ८ का क्षेत्रीय सभापति स्व.जुद्धरत्न बज्राचार्यको समृतिमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
नेपाल टेलिभिजनबाट गत बुधवार राति प्रशारण भएको जनतासँग प्रधानमन्त्री ओलीले बुद्धिजीवीहरु प्रति गरेको टिप्पणीले सरकार असफल भएको प्रमाणित समेत भएको नेता सिंहले बताएकाछन् ।
साथै उनले प्रधानमन्त्री ओलीले काम गर्न नसकेर आत्तिएर टिप्पणी गरेको दाबी गरेका छन् ।
त्यस्तै फरक प्रसंगमा नेता सिंहले आम जनताले सरकार कुन बाटो गइरहेको छ र प्रतिपक्षी दलले के गरिरहेको छ भन्ने प्रश्न गरिरहेको भन्दै सशक्तरुपमा सरकारको खबदारी गर्न आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया