अख्तियारलाई लेखा समितिको पत्राचार, चिनीमा भएको आर्थिक चलखेलको छानबिन हुनुपर्ने माग

काठमाडौं । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले चिनीमा भएको आर्थिक चलखेलको विषयमा छानबिन गर्न अख्तियारलाई पत्राचार गरेको छ । 

समितिले अर्थ र आपूर्ति मन्त्रालय र त्यस मातहतका विभागको मिलेमतोमा चिनी आयात बन्द गरी १२ उद्योगीको कार्टेलिङ गराएको विस्तृत छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्रचार गरेको हो । 

समितिका सचिव रोजनाथ पाण्डेले अख्तियारलाई पठाएको पत्रमा ‘भदौ २१ गते प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, सरकारी पदाधिकारी, उखु किसान र चिनी उद्योग संघका प्रतिनिधिका बीच भएको सम्झौता कार्यान्वयन भएन । प्रतिकिलो ७० रुपैयाँँ बजार मूल्य कायम गराई बजारमा चिनीको चरम मूल्य वृद्धि गराउनमा प्रत्यक्ष सहयोग गरेको देखिन्छ,’ समितिका सचिव रोजनाथ पाण्डेले अख्तियारलाई पठाएको पत्रमा भनिएको छ, ‘ठूलो आर्थिक चलखेल भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विस्तृत छानबिन गर्न निर्देशन दिने’ उल्लेख छ । 

प्रतिवेदनमा चिनीको ‘करोडौं रुपैयाँको चलखेल’ भएको दाबी समितिले गरेको छ । 

उपसमितिले थप छानबिनका लागि आयोगलाई निर्देशन दिनुपर्ने सुझावसहितको प्रतिवेदन गत असोज २५ गते बुझाएको थियो । 

समितिले चिनीको मूल्य ६३ रुपैयाँभन्दा बढी बढ्न नदिनू भनेर सम्बन्धित मन्त्रालय र निकायलाई पत्रचार गरे पनि कार्यान्वयन भएको देखिएको छैन ।

त्यस्तै आयोगका प्रवक्ता रामेश्वर दंगालले लेखा समितिले पठाएको पत्र प्राप्त गरेको बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?