काठमाडौं । राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्य सम्बन्धमा आज छलफल गर्दैछ ।
सिंहदरवारस्थित आयोग कार्यालयमा शुक्रवार बिहान ११ः३० बजे बस्ने राष्ट्रिय योजना आयोगको बैठकमा दिगो विकास लक्ष्य सम्बन्धमा छलफल हुन लागेको हो ।
आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलका अनुसार बैठकमा दिगो लक्ष्यको आवश्यकता पहिचान, लागत अनुमान र रणनीतिका विषयमा छलफल हुने जानकारी दिए ।
त्यस्तै १५ औँ योजनाका कार्यक्रम तथा रणनीतिका विषयमा समेत छलफल हुने पनि उनले बताए ।
बैठकमा आयोगमा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित हुँदैछन् ।
फागुन पहिलो साता १५ औँ योजनाको आधारपत्र प्रकाशन गर्ने तयारी गरेको आयोगले २०७६ जेठ १५ भित्र पूर्ण दस्ताबेज प्रकाशन गर्ने जनाएको छ ।
यद्यपी सोही आधारपत्रको प्रारम्भीक मस्यौदा स्वीकृत गर्ने विषयमा आजको बैठक बस्न लागेको हो ।
सो दस्ताबेजले सरकारको मध्यावधि खर्च संरचना, वार्षिक कार्यक्रम तर्जुमा तथा प्रदेश र स्थानीय तहको आवधिक योजना तर्जुमाका लागि मार्ग प्रशस्त गराउने आयोगको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया