डिजिटल बैकिङ्गमा सिटिजन्स बैंक ल्यायो थप सुविधा

लोकपथ
130
Shares

काठमाडौं । सिटिजन्स बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै डिजिटल बैकिङ्गमा थप सुविधा ल्याएको छ । ‘हजुरको प्रगतिको सहयात्री’ भन्ने मूल नाराका साथ उत्तरदायी बैकिङ्गको अभ्यास गर्दे आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल बैकिङ्ग क्षेत्रमा प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्न लागको हो ।

बैकले ग्राहकको अनुभव अभिवृद्धि गर्न र भौतिक रुपमा शाखामा जाँदा हुने झन्झट कम गर्न, सिटिजन्स स्मार्ट एपबाट सिधै मुद्दती निक्षेप खाता खोल्ने नयाँ सुविधा ल्याएको छ । ग्राहकहरूले विभिन्न मुद्दती निक्षेप योजनाहरू, अवधि र इच्छित रकम चयन गर्न सक्नेछन् । फिक्स्ड डिपोजिट रकमको न्यूनतम सीमा १० हजार रुपैंयाँ र अधिकतम सिमा ५० लाख रुपैंयाँमा सेट गरिएको छ ।

त्यसैगरी, सिटिजन्स स्मार्ट एपबाट मुद्दती निक्षेप अनुरोध सुविधा पनि ल्याइएको छ । जसमा मुद्दती निक्षेप खाता भएका ग्राहकहरूले मुद्दती निक्षेप रकमको ९० प्रतिशतसम्म मुद्दती निक्षेप खातामा ऋणको लागि अनुरोध गर्न सक्नेछन् । यसबाहेक, शाखामा आउने ग्राहकहरूको अमूल्य समयलाई कम गर्न यस बैंकको कर्पोरेट कार्यालयमा रहेको किओस्क सेल्फ (सर्भिस प्रणालीबाट मुद्दती निक्षेप खोल्ने सुविधा पनि ल्याइएको छ ।

बैंकले सिटिजन्स स्मार्ट एप मार्फत बैंकका सबै शाखाबाट डिजिटल काउन्टर (क्यूआर कोड स्क्यान) मार्फत नगद झिक्ने, बैंकका सबै एटिएमबाट कार्डलेस सर्भिस, ई–नगद र इ–भाउचर जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ । त्यस्तै, डेबिट कार्ड रिक्वेस्ट, ब्लक, रिफ्रेस पिन, रि (पिन, मेरोशेयर रिक्वेस्ट र क्यूआर मर्चेन्ट रिक्वेस्ट जस्ता ग्राहक सेवासँग सम्बन्धित सेवाहरू पनि उपलब्ध गराउँदै आएको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १८१ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३३ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख २१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?