उपत्यकाका १५ सडक निर्माणसम्पन्न गर्न मन्त्रीले तोके ठेकेदारलाई समयसीमा

लोकपथ
0
Shares

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले ठेक्का लिएर समयमा सडक नबनाउने ठेकेदारहरुलाई समय तोकेरै काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठसहित, मन्त्रालयका सचिव, विभागका महानिर्देशक साथै आयोजना प्रमुखहरूसँग ठेकेदारहरूले उपत्यकाका निर्माणाधीन सडक समय सीमा नै राखेर सम्पन्न गर्ने प्रतिबद्धता जनाएका हुन् ।

ठेकेदारहरुलाई उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘अहिले सरोकारवालाको नजरमा निर्माण व्यवसायी र कर्मचारीप्रतिको नकारात्मक दृष्टिकोणलाई सुधार गर्न पनि जरुरी छ । त्यसलाई चिर्ने गरी निर्माण व्यवसायीको प्रतिष्ठा र गुणस्तरीय विकास हामी सबैको साझा विषय हो, हामी सिस्टमअन्तर्गत रही विकास निर्माणमा अगाडि बढ्नुपर्छ ।’

बनाउन बाँकी आयोजनाहरूको सन्दर्भमा समय सीमाभित्र सम्पन्न नभएका तर त्यसलाई स्थानीय तहले सम्पन्न गरिसकेको अवस्थाका आयोजना निर्माण व्यवसायी र डिभिजन सडकबीच फरफारक गर्न दुवै पक्ष सहमत भएका छन् ।

निर्माण व्यवसायीले काममा भएका सहज र जटिल पक्षबारे पनि मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए । छलफलमा त्यस्ता अलपत्र आयोजनाहरु माघ, फागुनसम्म सम्पन्न गर्ने समयसीमा दिइएको छ । तीन वटा आयोजनाको ठेक्का सम्झौता समेत रद्द गरिने सहमति पनि भएको छ ।

यसक्रममा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सह–सचिवहरू लगायतसम्बद्ध अधिकारीहरुको उपस्थिति रहेको मन्त्रीको सचिवालयले जनाएको छ ।

उपत्यकाका निम्न आयोजना बनाइसक्न देहायबमोजिम सीमा तोकिएको छ ।

काठमाडौं जिल्लाअन्तर्गतका आयोजनाहरू

१. महांकाल भृकुटीचोक तेन्जीङचोक फैका आनीगुम्वा चपली बूढानीलकण्ठ सडक
निर्माण व्यवसायीः तुदिरप्रेरा जेभी वागडोल, ललितपुर
सम्पन्न गर्ने प्रतिबद्धता: २०७९ साल माघ मसान्तसम्म

२. साततले भण्डारी गार्मेन्ट आकाशेधारा बालुवाखानी सडक
निर्माण व्यवसायी: दिवारशैलङ्ग जेभी
सम्पन्न गर्ने प्रतिबद्धता: २०७९ फागुन १५ गतेसम्म

३. आकाशेधारा राममन्दिर, कृष्णमन्दिर सडक:
निर्माण व्यवसायी: शैलुङ्ग कन्स्ट्रक्सन कम्पनी प्रा.लि.
सम्पन्न गर्ने प्रतिबद्धता: २०७९ फागुन १५ गतेसम्म

४. सीतापाइला रामकोट भीमढुङ्गा सडक
निर्माण व्यवसायी: आशिष सिएम जयवावा जेभी
सम्पन्न गर्ने प्रतिबद्धता: २०७९ माघ मसान्तसम्म

५. पेप्सिकोला ब्राहखेल सडक
निर्माण व्यवसायी: महालक्ष्मी र वर्डवाईड भण्डार धोदुङ जेभी
सम्पन्न गर्ने प्रतिबद्धता: २०८० असार मसान्तसम्म

६. मित्रपार्क गौरीघाट गुहेश्वरी नयाँवस्ती जोरपाटी सडक निर्माण
निर्माण व्यवसायी: सुनकोशीरप्रजिल जेभी
सम्पन्न गर्ने प्रतिबद्धता: २०७९ माघ मसान्तभित्र कालोपत्रे गर्ने

भक्तपुर जिल्लाअन्तर्गतका आयोजनाहरु

१. कमलविनायक बसपार्कदेखि भत्केपाटीको पाटी सडक विस्तार र ड्रेन निर्माण कार्य
निर्माण व्यवसायी: श्री लोहनी एण्ड ब्रदर्शरलालीगुराँस जेभी

२. मनोहरा खोला पुल इन्द्रायणी चाँगुनारायण सडक मनोहरा खोलामा आरसीसी तथा पहुँच सडक निर्माण कार्य
निर्माण व्यवसायी: श्री लामा विल्डर्सरसाल्पा शेर्पारजय बाबा गोरख जेभी

३. हनुमन्ते खोला अरनिको राजमार्ग बप्फा पाटी बिहार बहाखा बजार सडक विस्तार गर्ने कार्य
निर्माण व्यवसायी: श्री सुनौला खिम्ती कन्स्ट्रक्सन

४. लोकन्थली हेल्थपोष्ट रमाइलो चोक चाइल्ड नेचर स्कुलमा सडक विस्तार गर्ने कार्य
निर्माण व्यवसायी: श्री सुनौला खिम्ती कन्स्ट्रक्सन

(यी ४ आयोजनाहरू दुबै पक्ष फरफारक गर्न सहमत भएको)

ललितपुर जिल्लाअन्तर्गतका आयोजनाहरु

१. पेरियोडिक मेन्टेनेन्स अफ रिहाबिलिटेसन एण्ड अपग्रेडिङ वक्र्स एलङ छम्पी टिकाभैरव रोड
निर्माण व्यवसायी: महर्जन निर्माण सेवा
सम्पन्न गर्ने प्रतिबद्धता: २०७९ चैत मसान्तभित्र (पुल बाहेक)

२. अपग्रेडिङ वक्र्स एलङ तउखेल चापागाउँ छम्पी डुकुछाप दक्षिणकाली रोड
निर्माण व्यवसायी: ड्रागन–महर्जन जेभी, काठमाडौं ।
सम्पन्न गर्ने प्रतिबद्धता: २०७९ चैत्र मसान्तसम्म

३. अपग्रेडिङ एण्ड रिहाबिलिटेसन वक्र्स एलङ लुभू–लाकुरीभञ्ज्याङग्–मानेदोभान रोड
निर्माण व्यवसायी: पि।एमरमहर्जन जेभी, ललितपुर
सम्पन्न गर्ने प्रतिबद्धता: २०७९ चैत्र मसान्तसम्म

४. स्पेसिफिक मेन्टेनेन्स वक्र्स ललितपुर म।न।पा। १५, खुमलटार, युलेन्स स्कुल (पुरानो) जाने सडक, ललितपुर
निर्माण व्यवसायी: रानीवन कन्स्ट्रक्सन, काठमाडौं ।
निर्माण सम्पन्न गर्ने प्रतिबद्धता: २०७९ चैत्र मसान्तसम्म ।

५. कन्स्ट्रक्सन अफ आरसिसि ब्रिज ओभर नख्खु खोला
निर्माण व्यवसायी: महर्जन निर्माण सेवा, ललितपुर ।
निर्माण सम्पन्न गर्ने प्रतिबद्धता: २०८० असार मसान्तसम्म ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?