अमेरिकी लडाकू विमान दुर्घटना, ५ जना बेपत्ता


लोकपथ
प्रकाशित मिति : २० मंसिर २०७५, बिहीबार ०७:४५

टोक्यो । जापानको दक्षिणपश्चिमी तटीय क्षेत्रमा दुईवटा अमेरिकी लडाकू बिमान बिहीवार आकाशमा जुधेर दुर्घटनाग्रस्त भएका छन् । सैनिक अधिकारीहरुले बिमानमा सबार चालक दलका सात जनामध्ये पाँचजना हराइरहेको बताएका छन् । 

आकाशमा एउटा लडाकू बिमानमा अर्को सैनिक बिमानबाट तेल भर्ने क्रममा दुबै बिमान एकआपसमा ठक्कर खाएर दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् । 

अमेरिकी मरिन कप्र्सका अनुसार एफए–१८ लडाकू बिमान र तेल बोकेर आएको केसी–१३० सैनिक बिमान एकआपसमा ठोक्किएका थिए । पश्चिमी जापानको हिरोसिमा नजिक इवाकुनीस्थित अमेरिकी सैनिक अखडाबाट तालिमको सिलसिलामा बिमानहरु उडेलगत्तै दुर्घटनाग्रस्त भएको बताइएको छ । 

अमेरिकी सैनिक अधिकारीहरुले उक्त दुर्घटना सैनिक अखडाबाट करिब ३२० किलोमिटर टाढा प्रशान्त महासागरमा भएको थियो । तत्काल खोजी तथा उद्धारमा खटिएका सैनिकहरुले चालक दलका दुई सदस्यलाई उद्धार गरेको थियो । 

उक्त दुर्घटनाको कारणबारे अनुसन्धान शुरु भइसकेको छ । खोजी र उद्धारमा जापानी सैनिक बिमान र पानी जहाजहरु पनि परिचालन गरिएको जापानी सैनिक अधिकारीहरुले बताएका छन् । 

पछिल्ला केही समयदेखि जापानी तटीय इलाकामा अमेरिकी लडाकू बिमान र नौसैनिक जहाजहरुको दुर्घटना हुनेक्रम बढेको छ । गत महिना पनि एउटा अमेरिकी नेभीको लडाकू बिमान ओकिनावा नजिक दुर्घटनाग्रस्त भएको थियो । गत अक्टोबरमा एउटा एमएच–६० सि–हक लडाकू बिमान पनि फिलिपिनी सागरमा उड्नासाथ दुर्घटनाग्रस्त भएको थियो । 

जापान र अमेरिकाबीचको सुरक्षा सम्झौता बमोजिम जापानमा हाल ५० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन् । 
 

प्रतिक्रिया दिनुहोस
जापान सरकारले नेपाललाई गर्ने भयो ठूलो धनराशीको सहयोग

काठमाडौ । जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संशाधन विकास परियोजना

दोहोरो गोली हानाहानमा चार प्रहरी सहित १२ लडाकू मारिए

एजेन्सी । अफगानिस्तानको पश्चिम भागमा पर्ने फराह प्रान्तमा आइतबार सुरक्षाफौज र तालिबान लडाकूबीच

लिभरपुलको हारमा सेभिल्लाको जित

एजेन्सी । मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब सेभिल्लासंग लिभरपुर पराजित भएको छ । प्रि–सिजन

अमेरिकी प्रथम महिला मेलानियाको बुख्याँचाको चर्चा

एजेन्सी । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको बुख्याँचा शैलीको सालिक बनाइएपछि अहिले सर्वत्र