प्रधानमन्त्रीसँग राजदूत प्रिन्जको भेट

लोकपथ
65
Shares

काठमाडौं । नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटघाट गरेका छन् ।

बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र राजदूत प्रिन्जबीच भेटघाट भएको हो ।

भेटमा राजदूत प्रिन्जले प्रधानमन्त्री प्रचण्डलाई बधाई साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै भेटमा दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउने विषयमा समेत छलफल भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?