सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

लोकपथ
52
Shares

काठमाडौ । रौतहट र दाङमा भएका छुट्टाटुट्टै सवारी दुर्घटनाका परी दुईजनाको मृत्यु भएको छ । रौतहटको गुजरा नगरपालिका–५ ईस्लामपुर चोकमा ना.४ ख २७४ नम्बरको बसको चक्काले किच्चिएर सोही ठाउँ बस्ने ७० वर्षीया जोवैदा खातुनको बुधबार राति मृत्यु भएको छ ।

पुस ५ गते बसबाट ओर्लिने क्रममा लड्दा गम्भीर घाइते भएकी उनको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै, दाङको घोराही उपमहानगरपालिका–११ अवलडाँडामा रा.४ प ६०५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–१० जलौरा बस्ने १८ वर्षीय सरोज चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?