काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले भारतसहित चार देशका लागि प्रस्तावित राजदूतको सुनुवाई यही मंसिर २३ गते हुने भएको छ ।
बुधवार बसेको बैठकले भारतका लागि राजदूतमा निलाम्बर आचार्य, मलेसियाका लागि उदयराप पाण्डे, यूएई कृष्ण ढकाल र इजरायलका लागि अन्जान शाक्यलाई सिफारिस गरेको हो ।त्यसअघि २१ गते उजुरीकर्ताहरुलाई बोलाइएको छ ।
संघीय संसद संसदीय सुनुवाई समितिले उजुरी आह्वान गरेकोमा एक मात्र उजुरी परेको छ । उजुरी सतिसराज मैनालीले गरेका हुन् ।
केन्द्रित रहेको समिति सभापति लक्ष्मणलाल कर्णका अनुसार मैनालीको उजुरी कुनै व्यक्ति उपर आक्षेपमा केन्द्रित नभइ राजदूत नियु्क्तिको समग्र विषयमा जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया