गोदावरीलाई सुदूरपश्चिम प्रदेशको राजधानी तोक्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी कायम गर्ने प्रदेश संसदको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । 

अधिवक्ता मनिष कुमार श्रेष्ठसहितका ९ जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सम्बन्धित निकायलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् । 

रिटमा प्रदेशको भौगोकि आवश्यकता, अनुकुलता, जनआकांक्षा, भौगोलिक अवस्थिति तथा पर्यावरणको संरक्षण र पूर्वाधारसमेतको ख्यान नगरी गोदावरीमा प्रदेश राजधानी तोक्ने निर्णय भएकोमा भन्दै  निर्णय कार्यान्वयन नगराउन परमादेशलगायतका उचित आदेश जारी गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?