काठमाडौं । भारतमा भएको एक बस दुर्घटनामा परी तीन जना नेपालीको मृत्यु भएको छ ।
भारतको गुजरातबाट लखनउतर्फ गइरहेको बस दुर्घटना हुँदा तीन जना नेपालीसहित चार जनाको मृत्यु भएको छ । घटनामा अन्य १७ जना घाइते भएका छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार पुस २३ गते राति दुर्घटना हुँदा भारतीय बस चालकसहित ४ जनाको मृत्यु भएको हो । मृत्यु भएका तीन जना नेपालीहरु कैलाली टीकापुरका हुन् ।
बस दुर्घटनाको कारण खुलेको छैन । कमजोर भिजिबिलिटीका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया