आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

लोकपथ
195
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटेको छ ।

यस्तै हवाइ इन्धनको मुल्य आन्तरिकतर्फ २० र बाह्यतर्फ ३० रुपैयाँ घटेको निगमले जानकारी दिएको छ । मूल्य घटाउने निर्णय गर्न निगम सञ्चालक समितिको बैठक बसेको थियो । पेट्रोलको मूल्य घटेर प्रतिलिटर १७५ रुपैयाँ, मट्टितेल र डिजेलमा प्रतिलिटर १७२ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, हवाई इन्धनमा प्रतिलिटर १७० रुपैयाँ कायम भएको छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका थिए । मूल्य घटाउन निर्देशन दिन आज दिउँसो साढे ३ बजे प्रधानमन्त्री दाहालले निगमका कार्यकारी निर्देशक उमेश थानीलाई बालुवाटार बोलाएका थिए ।

४ दिन अघि प्रधानमन्त्री प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिए पनि आयल निगमले मूल्य नघटाएपछि कार्यकारी निर्देशक थानीलाई नै बोलाएर निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?