काठमाडौं । राहदानी विभागले विभिन्न समस्या देखिएको राहदानी वितरणको समस्या समाधान भइसकेको जनाएको छ ।
आइतबार विज्ञप्ति जारी गर्दै विभागले इ–पासपोर्ट वितरणको प्रमाणीकरण प्रक्रियामा केहीदिनदेखि देखिएको सुस्तता समाधान भइरहेको जनाएको छ ।
‘विद्युतीय राहदानी जारी गर्ने कार्य अन्तर्गत प्रमाणीकरण प्रक्रियामा मिति २०७९–०९–१७ देखि आएको सुस्तता हाल समाधान भइससकेको व्यहोरा जानकारी गराउँदछौँ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी प्रधानमन्त्रीको निर्देशन अनुसार राहदानी प्रभावकारी बनाउनका लागि चुस्तदुस्त बनाउने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।
‘सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशानुसार राहदानी प्राप्त गर्ने प्रक्रियालाई अझै प्रभावकारी चुस्तदुरुस्त एवं प्रभावकारी बनाउन विभागले आवश्यक प्रक्रिया अघि बढाउन समेत जानकारी गराउँदछाँै ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
त्यसको साथै विभागले आवेदकहरुले मोबाइलमा एसएमएस वा नेपाल इ–पासपोर्ट एपमा राहदानी तयार छ भनि जानकारी प्राप्त भएपश्चात राहदानी लिन आउनका लागि समेत आग्रह गरेको छ ।
राहदानी वितरणमा आम सर्वसाधारणले दुख पाएपछि सरकारले कामकारबाही प्रभावकारी बनाउनका लागि निर्देशन दिएको थियो । तर सरकारको निर्देशनपछि विभागले विभिन्न बहाना देखाउँदै राहदानी वितरण कार्य नै रोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया