काठमाडौं । नेपाल विद्युत प्राधिकरणद्वारा सब–स्टेशन निर्माण गर्ने क्रममा खटिएका प्रहरीबाट गैरव्यावसायिक क्रियाकलाप गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले ध्यानाकर्षण भएको जनाएको छ ।
काठमाडौंको शंकरापुर नगरपालिका लप्सीफेदी वडा नं. ३ मा स्थानीय बासिन्दाद्वारा बोझनीमा विद्युत सबस्टेशन निर्माण गर्न लागेको विरोधमा स्थानीय वासिन्दाले केही दिनदेखि निरन्तर प्रदर्शन गरिरहेका छन् । यही पुस २० गते स्थानीय वासिन्दाको प्रदर्शन नियन्त्रणका लागि थप मद्दत गर्न प्रहरी वृत्त बौद्धबाट टोली खटिएको थियो ।
सब–स्टेशन निर्माण गर्ने क्रममा प्रहरी वृत्त वौद्धबाट थप मद्दतका लागि खटिएका प्रहरी निरीक्षक बिशालबहादुर बुढाथोकीले प्रदर्शनमा सहभागी स्थानीयलाई ‘गोली हान्दिउँ’ भन्दै पेस्तोल ताकेका थिए ।
प्रहरी निरीक्षक बुढाथोकीले उक्त घटनामा गैरव्यावसायिक क्रियाकलाप गरेकोप्रति प्रहरी परिसरले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । घटनाबारे थप अनुसन्धान गर्न प्रहरी परिसरमा झिकाई उनीमाथि छानबिन शुरु गरिएको प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया