बुटवल । नेपाल कम्युष्टि पार्टी(क्रान्तिकारी माओवादी) का केन्द्रीय महासचिव मोहन बैद्य‘किरण’ले आफ्नो पार्टीले नयाँ क्रान्तिको संखघोष गर्ने बताएका छन् ।
बुटवलमा सम्पन्न नेपाल कम्युष्टि पार्टी९क्रान्तिकारी माओवादी० को केन्द्रीय कमिटि बैठक ले गरेको निर्णयबारे जानकारी दिन बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महासचिव किरणले नयाँक्रान्तिको सूरुवात गर्ने बताएका हुन ।
उनले अहिलेको सरकार दलाल पुजीवादी, र नोकरसाही प्रणालीलाई आत्मसाथ गरेको भन्दै नयाँ जनवादी क्रान्तिको धारमा अवको यात्रा अगाडी बढ्ने बताए । १० बर्षको जनयुद्ध संसदीय व्यवस्थाको विरुद्धमा भएको जानकारी दिदै उनले अहिले त्यहि संसदीय व्यवस्थाको पक्षमा सरकारमा लम्पसार हुनु आफैमा लज्जाको विषय भएको बताए । अहिलेको सत्ता पुरानै प्रणाली, सत्तमा केन्द्रीत भएको भन्दै उनले त्यसको विरुद्धमा पनि अवको संघर्ष केन्द्रीत हुने बताए ।
क्रान्तिकारी कम्नुष्टिहरुको विचमा पार्टी एकता खुल्ला भएको भन्दै उनले अहिले नेपाल कम्नयुष्टि पार्टी९नेकपा० संगको एकता भने अहिलेको लागि टुङ्गीएको बताए । अहिले सरकराले बनाएको प्रदेशिक संरचनामा पहिाचान मेटिएको भन्दै उनले लिम्बुवान, खुम्बुवान, मगरात, थारुहट लगाएतका प्रदेश गरी १४ प्रदेशको परिकल्पना गरिएकोमा अहिले अर्को ढंगले गर्नु आफैमा निन्दनीय भएको बताए। नयाँ जनवादि क्रान्ति नआए सम्मको लागि अहिलेको क्रान्ति नरोकीने उनको भनाई रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया