अवैध लागुऔषधसहित छुट्टाछुट्टै स्थानबाट चार जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । प्रहरीले अवैध लागुऔषधसहित भक्तपुर, झापा र धनकुटाका विभिन्न स्थानबाट ४ जनालाई पक्राउ गरेको छ । भक्तपुरको भक्तपुर नगरपालिका–१ यति कार्पेट जय नेपाल चोक बस्ने २१ वर्षीय विकेश तामाङलाई अवैध लागुऔषध गाँजा १ किलो सहित गएराति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग दुधपाटीबाट खटिएको प्रहरीले उनलाई बा.३१ प ३९८०, बा.८७ प ११८६ नम्बरको मोटरसाइकल र उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । त्यस्तै, झापाको मेचीनगर नगरपालिका–१० सुगम टोल बस्ने २८ वर्षीय दिपक राजवंशीलाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ फेदीबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६ सय चक्की र फेनारगन ८३ एम्पुल सहित चौबिसे गाउँपालिका–४ बस्ने २२ वर्षीय सुजन भण्डारी लगायत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले भेडेटारबाट धनकुटातर्फ आउँदै गरेको प्र.१–०४१ प २९८८ नम्बरको मोटरसाइकलाई जाँच गर्ने क्रममा उक्त लागुऔषध सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । पक्राय परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?