जिसस प्रमुख कलेलको निधन

लोकपथ
299
Shares

काठमाडौं । कैलाली जिल्ला समन्वय समिति प्रमुख पदमबहादुर कलेलको निधन भएको छ । कलेजो र मिर्गौला रोगबाट पीडित रहेका कलेलको शनिबार दिउँसो पौने दुई बजे उपचारका क्रममा काठमाडौंस्थित वीर अस्पतालमा निधन भएको हो ।

कांग्रेस नेता कलेल गत स्थानीय निर्वाचनमा कैलाली जिसस प्रमुख निर्वाचित भएका थिए । कैलालीको गौरीगंगा नगरपालिका–८ बडैपुरमा बसोबास गर्दै आएका ५३ वर्षीय कलेलका श्रीमती, तीन छोरा र तीन छोरी रहेका छन् ।

यसैबीच, नेपाली कांग्रेस कैलालीले जिसस प्रमुख कलेलको निधनप्रति गहिरो शोक व्यक्त गरेको छ । कैलाली कांग्रेस सभापति नारायणदत्त भट्टद्वारा जारी शोक वक्तव्यमा उनको निधनले पार्टीले एक निष्ठावान, अनुभवी नेता गुमाएको उल्लेख छ ।

कैलाली कांग्रेसले स्वर्गीय कलेलप्रति श्रद्धाञ्जली अर्पण गर्न भोली आइतबार एक दिन शोक मनाउने र पार्टी कार्यालयमा शोकपुस्तिका राख्ने जनाएको छ । उनको भोली नै अन्तिम दाहसंस्कार गरिने पनि कैलाली कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?