आलोचनाबाट बच्न ओली सरकारको यस्तो आइडिया

काठमाडौं । इसाई धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनको कार्यक्रमलाई लिएर यतिबेला सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना भइरहेको छ । 

सोही कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुरस्कार दिएको दिएको विषयले थप आलोचित बनायो । यही आयोचना बाट बच्न सरकारले पुरस्कार रकममा एक लाख अमेरिकी डलर थपेर एउटा कोष बनाउने भएको छ।

स्रोतका अनुसार सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीले नेतृत्व र सुशासन अवार्डसँगै पाएको १ लाख डलरमा त्यत्ति नै पैसा थपेर यूवाहरूको क्षेत्रमा काम गर्ने कोष बनाउने निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?