काठमाडौं । पौष शुक्ल पूर्णिमाको दिन मनाइने चाँगुनारायण यात्रामा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी भएका छन् । प्रत्येक वर्ष पौष शुक्ल पुर्णिमाको दिन मनाइने चाँगुनारायण यात्रा तथा माटोको भाँडा फुटाउने जात्रामा आज उपराष्ट्रपति पुन हनुमान ढोका पुगेका हुन् ।
जात्राका अवसरमा बोल्दै तारिणी मखन क्लबका अध्यक्ष राजन महर्जनले लिच्छविकालदेखि सुरु भएको जात्रा लोप हुँदै गएकाले यसको संरक्षणका लागि मेला आयोजना गरिएको बताए ।
उनका अनुसार परापूर्वकालमा चाँगुनारायण यात्राका लागि भक्तपुरबाट निस्किएको र हनुमानढोका आएपछि त्यहाँका राजाले देवता हिँड्नुभयो भन्ने ठानेर हाँडी फुटाएर रोकेको किंवदन्ती छ ।
मेलामा उपराष्ट्रपति पुनले हनुमान ढोकास्थित तलेजु भवानीको दर्शन एवं प्रसादग्रहण गर्नुका साथै कुमारीको पूजाअर्चना गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया