झण्डै एक घण्टापछि नियन्त्रणमा आयो सामाखुशीको आगलागी

लोकपथ
70
Shares

काठमाडौं । आज साँझ सामाखुशीमा भएको आगलागी नियन्त्रणमा आएको छ । सामाखुशीस्थित आकाश जोगिनी पेट्रोलपम्पसँगैको रेष्टुरेन्टमा लागेको आगोलाई नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणका लागि उपत्यकाका दमकल र पानी ट्यांकरको प्रयोग गरिएको थियो । साथै, नेपाल प्रहरी र सशस्त्र प्रहरी आगो नियन्त्रणका लागि खटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?