अख्तियारको केन्द्रीय कार्यालयमा प्रहरी जवान मृत अवस्थामा फेला

लोकपथ
105
Shares

काठमाडौं । टंगालस्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा एक जना प्रहरी मृत फेला परेका छन् ।

बिहीबार साँझ २५ वर्षका प्रहरी जवान खगेन्द्र नेपाली मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले लोकपथलाई जानकारी दिएको छ ।

स्रोतका अनुसार उनी कोठाको सिलिङमा झुन्डिएको अवस्थामा उनको शव फेला परेका हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?