काठमाडौं । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने अमेरिकी नागरिक नै भएको दाबी गरेका छन् ।
सर्वोच्चको संवैधानिक इजलासमा लामिछानको नागरिकता विवादविरुद्ध परेको रिटमा बहस गर्दै वरिष्ठ अधिवक्ता लामिछानेले सो कुरा बताएका हुन् ।
उनले लामिछाने अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता नलिएका कारण उनी सांसद हुन योग्य नरहेको समेत जिकिर गरे ।
अधिवक्ता रविराज वसौला र युवराज पौडेलले दायर गरेको रिटमाथि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा बहस भइरहेको छ । इजलासमा न्यायाधीशहरू ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्ह र प्रकाशमान सिंह राउत रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया