दूतावासले जारी गर्‍यो ट्राभल एडभाइजरी

लोकपथ
42
Shares

काठमाडौं । दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले ट्राभल एडभाइजरी गरेको छ । दक्षिण अफ्रिका हुँदै यूरोप तथा अमेरिका पठाउने भन्दै ठगी गर्ने प्रवृति बढेको भन्दै दूतावासले ट्राभल एडभाइजरी जारी गरेको हो । दूतावासले कसैको प्रलोभनमा नपर्न आग्रह गरेको छ ।

पछिल्लो समय दक्षिण अफ्रिकामा वैदेशिक रोजगारमा आकर्षण तलब सुविधासहितको पदमा काम लगाईदिने भन्दै प्रलोभनमा पार्नेक्रम बढ्दो क्रममा छ । यतिमात्र नभएर दक्षिण अफ्रिकाबाट युरोप, अमेरिका लगायतका मुलुकमा जान सहज हुने भन्दै ति देश पठाईदिने भन्दै लाखौं रूपैयाँ असुल्ने गरेका छन् ।

भारतका नयाँ दिल्ली, मुम्बई लगायतका शहरबाट यूएई, कतार तथा तान्जानिया, मोजाम्बिक, केन्या, मलवी मौरिसस, रुवाण्डा, कंगो लगायतका अफ्रिकी मुलुकहरू हुँदै निकै कठिन र जोखिमपूर्ण तवरले दक्षिण अफ्रिका लैजाने गरेका छन् । त्यहाँ पुर्‍याएपछि अलपत्र पार्ने ट्रान्जिट मुलुकहरूमा नै विषम परिस्थितिमा छोडिदिने घटनाहरू बढ्दै गएकोप्रति दूतावासको ध्यानाकर्षण भएको जनाएको हो ।

त्यस्तो कार्य नगर्न/नगराउन सबैमा अनुरोध समेत गरेको छ । दक्षिण अफ्रिका जाने नेपालीहरूलाई विभिन्न कुरा ख्याल गर्न दूतावासले अनुरोध गरेको हो । दक्षिण अफ्रिकाले २ अगष्ट २०२२ देखि विशेष ज्ञान, सीप आवश्यक पर्ने १४० किसिमको दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्र विदेशी नागरिकलाई ल्याउन पाउने व्यवस्था गरेको छ ।

यदि त्यस्ता पदहरुमा वैदेशिक रोजगारमा जान चाहेको खण्डमा नेपाल सरकारको प्रचलित कानून बमोजिम श्रम स्वीकृति लिएर मात्र आउन दूतावासले अनुरोध गरेको छ ।

भारतमा रहेको दक्षिण अफ्रिकाको उच्चायुक्त र कन्सुलेट जनरलबाट जारी हुने पर्यटक भिसा पर्यटन भ्रमणमा दक्षिण अफ्रिका आउने प्रयोजनको लागि मात्र भएकाले सो भिसाका आधारमा रोजगारीजन्य काममा संलग्न हुन नपाउने दूतावासले प्रष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?