पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

लोकपथ
0
Shares
sf7df8f}F,@! k’;M k|d bfxfn l;+xb/af/l:yt cfkmg} sfo{sIfdf k|wfgdGqL k’iksdn bfxfn k|r08 . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाल्पा बस दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति उनले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री दाहालले आज ट्वीट गर्दै दुर्घटनामा मृत्यु भएका नागरिकका आफन्तजनमा समवेदना प्रकट गरेका छन् । पाल्पाको रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा गए राति बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको थियो ।

दुर्घटनामा परी १८ जना घाइते भएका छन् । प्रधानमन्त्री दाहालले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?