पर्सामा चिसोले जनजीवन प्रभावित

लोकपथ
14
Shares
x’:;’ / lr;f] sf/0fsf hghLjg k|efljt ;’v]{t, !& k’;M ;’v]{tsf] jL/]Gb|gu/l:yt Pl/rf}s cf;kf;df cfOtaf/ nfu]sf] afSnf] x’:;’ . jL/]Gb|gu/df x’:;’ nfUg yfn]kl5 lr;f]sf sf/0f hghLjg k|efljt ePsf] 5 . tl:a/M ;’/]z cfrfo{÷/f;;

पर्सा । दुई सातादेखिको शीतलहरका कारण बढ्दै गएको चिसोले पर्साको जनजीवन नराम्ररी प्रभावित भएको छ । दिनभरि घाम नलाग्ने र सँगै चल्ने चिसो हवाका कारण सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ ।

दैनिक ज्यालादारी गरी परिवार पाल्नेलाई कठिनाइ भएको छ । बिहानको समयमा हुस्सुका कारण बाटोको पहिचान गर्नसमेत समस्या भएको छ । यातायातका साधन चलाउन कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको छ । चिसो बढेसँगै अस्पतालमा उपचार गराउन आउने बिरामीको संख्या दोब्बरले वृद्धि भएको छ ।

रुघाखोकी, ज्वरो, दम, रक्तचापलगायतका बिरामी ह्वात्तै बढेका नारायाणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिए । ‘अस्पताल आउनेमा वृद्धवृद्धा तथा बालबालिका बढी छन्’, उनले भने ।

उनले चिसोबाट जोगिन तातोपानी तथा झोल पदार्थ सेवन गर्न र घर बाहिर ननिस्कन सुझाव दिए । चिसोबाट जोगाउन वीरगञ्ज महानगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थानमा दाउराको व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?