संवैधानिक परिषद् बैठक विनानिष्कर्ष सकियो

काठमाडौं । प्रधनामन्त्री केपी शर्मा ओलीले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न बोलाएको संवैधानिक परिषद् बैठक विनानिष्कर्ष सकिएको छ ।

सोमवार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा न्याय परिषद्ले सिफारिस गरेको दीपकराज जोशी र चोलेन्द्र शमशेर जबराको नाममा सहमति जुट्न नसकेको हो ।  

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आगामी पुस १७ गते अनिवार्य अवकाश पाउँदैछन् । मिश्रको अवकाश अगावै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । 

प्रधानन्यायाधीश हुन सर्वोच्चमा तीन वर्ष न्यायाधीश भइसकेको व्यक्ति हुनुपर्ने संवैधानिक व्यवस्था छ । 

परिषद्ले संविधानबमोजिम पद रिक्त हुनु एक महिनाअघि नै प्रधानन्यायाधीश सिफारिस गर्न लागेको हो । संविधानको धारा २८४ को उपधारा ३ मा ‘संवैधानिक परिषद्ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै यस संविधानबमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्नेछ’ भन्ने उल्लेख छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?