काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ‘वार रुम’ प्रयोगमा ल्याउन लागेको छ ।
विकास निर्माणका काममा देखिएको ढिलासुस्ती तथा राष्ट्रिय गौरवका परियोेजनामा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्री कार्यालयबाट सीधै सम्बन्धीत मन्त्रालयसँग समन्वय गर्न ‘वार रुम’ प्रयोगमा ल्याउन लागिएको हो ।
‘वार रुम’ तयार भएपछि प्रधानमन्त्रीले सातवटै प्रदेशका मुख्यमन्त्रीसँग पनि ‘टेलिप्रिजेन्ट’ मार्फत संवाद गर्न सक्ने प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवं सहसचिव विनोदबहादुर कुँवरले जानकारी दिए ।
त्यस्तै विकास निर्माणमा हुने गतिरोध, ढिलासुस्ती र अन्तरमन्त्रालय विवाद तथा सानाठूला परियोजनाको समस्या तत्काल समाधान गर्न सहयोग पुग्ने उद्देश्यले वार रुमको व्यवस्था गर्न लागिएको हो साथै वार रुम तयार पार्न तीनवटा कम्पनीसँग प्रस्ताव मागिएको सहसचिव कुँवरले जानकारी दिए ।
‘वार रुम’ खासगरी सेनाले युद्धका समयमा बढी प्रयोग गर्छ । यसका लागि सैनिक मुख्यालयमा एक कोठा हुन्छ, जहाँ नक्सामै युद्धरत क्षेत्र र सैनिकको तत्कालको स्थिति देखाउने उपकरण जडान गरिएको हुन्छ । युद्धका बेला यो रुममा बसेर सेनाका अधिकारीले आवश्यक रणनीति पनि बनाउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया