ठगी धन्दामा संलग्न एकजना पक्राउ

लोकपथ
156
Shares

कैलाली । कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा ठगी धन्दामा संलग्न आरोपमा एक जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न बैंक तथा संघसंस्थाहरुको हाकिम हुँ भनी आफ्नो वास्तविक परिचय लुकाई ठगी गरेको आरोपमा दार्चुलाको लेकम गाउँपालिका–१ का ३५ वर्षीय पदमराज भट्टलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

व्यक्तिहरुलाई डर त्रास तथा विभिन्न प्रलोभन देखाउनका साथै महिलाहरुलाई ललाई फकाई गरी निजहरुको अश्लिल भिडियो पोष्ट गरिदिने धम्की दिँदै आएका उनलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोली पक्राउ गरेको जनाएको छ ।

धनगढी उप–महानगरपालिका वडा नं. ३ बाट पक्राउ गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । नीजबाट ठगी भई पिडित भएको व्यक्तिहरुले प्रमाणसहितको जाहेरी दरखास्त लिई यस कार्यालय सम्पर्क गर्न आउनसमेत प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?