मेयर बालेन्द्र शाह इन्डोनेसिया भ्रमणमा

लोकपथ
28
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विदेश भ्रमणमा गएका छन् । उनी परिवारका सदस्य र निकटस्थसँगै निजी भ्रमणका सिलसिलामा इन्डोनेसियाको भ्रमणमा गएका हुन् ।

मेयरमा निर्वाचित भएपछि यो नै उनको पहिलो विदेश भ्रमण भएको जनाइएको छ । बालेनको सचिवालयका अनुसार उनी २५ पुसमा नेपाल फर्किनेछन् । भ्रमण व्यक्तिगत रहेकाले कुनै सरकारी भेटवार्ता र कामकाज नहुने सचिवालयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?