एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत देला ? यसो भन्छन् माधव नेपाल

लोकपथ
35
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारलाई विश्वासको मत दिनेबारे पुस २६ गते मात्रै निर्णय हुने बताएका छन् ।

बुधबार राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले सो कुरा बताएका हुन् ।

‘हामी अगाडि सरेर बोल्न के हतार ? हामीलाई के बित्दो छ र ? २६ गते विश्वासको मत लिने हो । त्यही दिन निर्णय लिए पुगेन ? त्यतिन्जेल सस्पेन्समै रहोस् ।’ अध्यक्ष नेपालले भने ।

एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रधानमन्त्री प्रचण्डले आगामी पुस २६ गते विश्वासको मत लिँदैछन् ।

त्यसलगत्तै आजै अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटघाट समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?