धनुषा । धनुषामा एक भारतीय महिलाको शव फेला परेको छ ।
बुधबार दिउँसो ती महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी दिपक रायले लोकपथलाई जानकारी दिए ।
उनका अनुसार जयनगरबाट रेल चढेर आएकी ती महिलाको कठ्यांग्रिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
‘जयनगरबाट आएकी भारतीय महिलाको कठ्यांग्रिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’ उनले भने ।
अहिले मृतकका आफन्तले उनको शव बुझिसकेका छन् ।
यता घटनाबारे थप अनुसन्धान गरिरहेको डिएसपी रायले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया